Thursday, December 11, 2008

चियाबारीको रौनक



मंसिर शुरु भएदेखि नै इलामका कन्याम चियाबगानको रौनक नै बेग्लै हुन्छ । नागबेली परेको मेची राजमार्गआसपासका चिया बगानमा दिनहुँजसो बनभोज खान आउनेहरुको भीड हुन्छ । राजमार्गको दायाँबायाँ फुटपाथे पसलहरु बाक्लिन्छन् । बनभोज खान आउनेहरुलाई घोडामा सयर गराउन व्यवसायीहरु राजमार्गमा छरिएका हुन्छन् ।
चियाबारीमा चल्ने हल्का चिसो सिरसिर हावामा रम्दै बनभोज खान जोकोही लालयित हुन्छन् र मौका पर्नासाथ हुल बाँधेर कन्याम आइहाल्छन् । त्यसैले कन्यामको चिया बगान झापा, इलाम, मोरङ र सुनसरीका बनभोजप्रेमीका लागि उत्कृष्ट गन्तव्य बनेको छ । त्यसो त अन्य क्षेत्रबाट पनि बनभोज खान नआउने होइनन् ।
मेची राजमार्गको आसपास नै भएकोले पनि कन्याममा जान सहज छ । यसैगरी तर्राईका मानिसहरुलाई झापाबाट करिव ५० किलोमिटरको गाडीमा यात्रा गरेपछि कन्याम पुगिने भएकोले वनभोज पहाड र त्यहाँको जीवनशैली हर्ेर्ने बहाना पनि बनेको छ । कन्यामबाट तर्राईका समथर फाँट आकर्ष देखिन्छ । उत्तरतर्फहिमालय श्रृंखला पनि देखिन्छ । त्यसैले कहिल्यै हिमाल नदेख्नेलाई कन्याममा यो पनि अवसर प्राप्त हुन्छ ।
विभिन्न विद्यालय, संस्था, सरकारी कार्यालयबाट समेत हुल बाँधेर बनभोज खान आउने गर्दछन् । र्सार्वजनिक विदाको दिन विशेषगरी शनिवारको दिन त ढिलो आउने समूहले बनभोज खाने राम्रो ठाउँ नै पाउँदैन । 'शनिवार त यहाँ मेला जस्तै हुन्छ । गाडी पार्किङ गर्ने ठाउँ हुँदैन,' कन्यामका डम्बर कटुवाल भन्छन् ।
कन्यामले दार्जिलिङ जिल्लाको मिरिकको झझल्को दिन्छ । मानिसहरु मिरिकमा गएर घोडामा चढेर घुम्ने र फोटो खिचाउने गर्दछन् । तर, तीन वर्षयता व्यवसायीहरुले वनभोजको मौसममा कन्याममा पनि घोडामा चढेर घुम्ने र फोटो खिच्ने प्रवन्ध मिलाएका छन् । यस्तो अवसरमा नेपालको पर्ूर्वी क्षेत्रमा अन्यत्र पाइदैन । व्यवसायीले घोडामा चढेर फोटो खिचेवापत पाँच रुपैयाँ र घोडामा चढेर घुमेवापत दुरी हेरी ५० रुपैयाँसम्म शुल्क लिने गर्छन् ।
वनभोज खानेहरुको भीडका कारण हुने फोहोरमैलालाई नियन्त्रण गर्न र पानीको प्रवन्ध मिलाउन कन्याम गाउँ बिकास समितिको कार्यालयले तीन वर्षेखि समूह हेरी दर्ुइ सयदेखि तीन सय रुपैयाँसम्म शुल्क पनि लिन थालेको छ । यसरी लिएको शुल्कबाट बचत भएको रकम कन्यामको पर्यटन पर््रवर्द्धन गर्न खर्चने गाविस कार्यालय जनाएको छ ।
कन्यामका काजीमान कागते राज्यले आवश्यक भौतिक पर्ूवाधार तयार गरिदिएमा वनभोजप्रेमीको आकर्षा अझै बढ्ने बताउँछन् ।