Wednesday, September 30, 2009

इलाममा बिमानस्थल निर्माणको तयारी

इलाम नगरपालिका ५ सुकिलुम्बामा विमानस्थल निर्माणको लागि जग्गा अध्रि्रहण प्रक्रिया अघि बढेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीले र्सर्वेक्षण गरेर विमानस्थल निर्माणका लागि तीन सय २५ रोपनी जग्गा अध्रि्रहण गर्नुपर्ने जनाएपछि जिल्ला बिकास समितिले जग्गा अध्रि्रहणको प्रक्रिया अघि बढाएको हो । जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अग्नी अधिकारीले पहिलो चरणमा दुइ सय ८३ रोपनी जग्गाको अध्रि्रहण प्रक्रिया सुरु भएको बताउनुभएको छ । उहाँले प्रतिरोपनी ४० हजार रुपैयाँ मुआव्जा दिने संझौता भएको पनि जानकारी दिनुभएको छ ।
जिल्लाबासीले १२ वर्षघिदेखि सुकिलुम्बामा विमानस्थल निर्माणको माग गर्दै आएपनि नागरिक उड्डयन मन्त्रालयले मुआव्जाको लागत स्थानीयस्तरमै व्यहोर्नुपर्ने र्सत राखेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, गत आर्थिक वर्षेखि जिल्ला बिकास समितिले आर्थिक संकलन गर्न थालेपछि विमानस्थल निर्माणको सम्भावना बढेको थियो ।
मुआव्जाका लागि मात्र झण्डै डेढ करोड रुपैयाँ आवश्यक रहने जिविसले जनाएको छ । जिल्लाका आठ जना सभासदबाट दुइ लाखका दरले र जिल्लाभित्रका गाविसहरुले एक लाखका दरले र अन्य संस्था र व्यक्तिबाट गरी अहिलेसम्म झण्डै ८० लाख रुपैयाँ संकलन भइसकेको जिविसले जनाएको छ ।
नागरिक उड्डयन मन्त्रालयको र्सर्वेक्षण टोलीले सुकिलुम्बामा नौ सय मिटर लम्बाई र एक सय ६० मिटरको चौर्डाईको विमानस्थल बन्ने र एभ्रो तथा ट्ीनवटर विमानले उडान भर्नसक्ने ठहर गरेको छ । सुकिलुम्बाबाट भद्रपुरबाटभन्दा सात मिनेट छिटो काठमाडौं पुगिने टोलीको दाबी छ ।