Tuesday, October 28, 2008

माइपोखरी रामसारमा सूचिकृत



जैविक विविधतायुक्त इलामको माइपोखरी सिमसार क्षेत्र रामसार घोषित भएको छ । सरोकारवाला संस्था र स्थानीयबासीले रामसार क्षेत्र घोषणा गर्नका लागि तीन वर्षेखि पहल गर्दै आएका थिए ।
दक्षिण कोरियाको चाङवाङमा सोमबार भएको रामसार महासन्धीको दशौं बैठकले माइपोखरीलाई रामसारको सूचीमा समावेश गरेको हो । अब नेपालमा रामसारको सूचीमा पर्नेको संख्या नौ पुगेको छ । त्यही बैठकले गोसाइकुण्ड, गोक्यो, फोक्सुण्डो र राराताललाई रामसार सूचीमा समावेश गरेको छ । यसअघि कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवनको वीसहजारी ताल, कैलालीको घोडाघोडी ताल र रुपन्देहीको जगदिशपुर ताल रामसारमा सूचिकृत थिए । माइपोखरी मध्यपहाडको रामसार सूचिकृत एक्लो सम्पदा भएको छ ।
दर्ुलभ जीव तथा वनष्पति र पानीको सतहका आधारमा रामसारमा सूचिकृत गर्ने चलन छ । नेपाल सन् १९८७ रामसार महासन्धीको पक्ष राष्ट्र भएको छ । माइपोखरी रामसारमा सूचिकृत भएपछि यसको पर्यटकीय महत्व र धार्मिक महत्व पनि बढेको माइपोखरी धार्मिक वन समितिका अध्यक्ष पर्ूण्ा मुखियाले बताए । 'दर्ुलभ वनष्पति र जीवको पाइने माइपोखरी सम्वन्धित क्षेत्रका मानिसहरुका लागि अध्ययनको थलो बन्न सक्छ,' उनले भने ।
दर्ुइ हेक्टर जलाशयसहितको १२ हेक्टर क्षेत्रलाई जैविक विविधताका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिएको छ । त्यस संवेदनशील क्षेत्रभित्र पाइने पानी गोहोरो पाँचथरबाहेक नेपालको अन्य ठाउँमा नपाइने जीवविज्ञहरुले बताएका छन् । पोखरीको गलैचे झ्याउ अन्यत्र कतै सूचीकृत नभएको वनष्पतिविज्ञको भनाइ छ । पोखरीक्षेत्र आसपासमा दर्ुलभ ओत, पीतमुहार चिचिल्कोटे, सानो सिविया चरा पाइन्छ ।
यसैगरी पोखरी वरिपरि ४ प्रकारका गुराँस, १६ प्रकारका सुनाखरी र ६२ प्रकारका जडिबूटी पाइन्छ । यसैगरी ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप, १४ प्रजातिका स्तनधारी र ३०० प्रजातिको चरा पाइन्छ । त्यसो त रुसको साइवेरियादेखि भुँडीफोर, ढाडे गिद्ध, हिमाली गिद्धलगायतका बर्साई र्सर्ने चराहरु माइपोखरी भएर भारततिर जाने गरेको बताइन्छ ।
माइपोखरी सिमसार क्षेत्र जैविक विविधताका लागि अत्यन्तै संवेदनशील क्षेत्र भएकोले यसको असली रुपलाई जोगाइराख्न धार्मिक वन समूह र अन्य सरोकारवाला संस्थाहरु सक्रिय छन् ।
असली रुप जोगाउन आयातित जापानी सल्ला, कमलको फूललगायतका बनष्पतिहरु नियन्त्रण गर्ने काम शुरु भएको छ । मानिसहरुको अनियन्त्रित प्रवेश नियन्त्रण गर्न वरिपरि तारबेरा गरी मुल गेटबाट दर्ुइ रुपैयाँको टिकट काटेरमात्र पस्ने व्यवस्था मिलाइएको छ । यसैगरी जथाभावी टागिएका ध्वजापताका र होडिङ बोर्डहरु हटाउन थालिएको छ । जिल्ला बिकास समितिले २०५७ सालदेखि पोखरीमा डुंगा सञ्चालन गरेपनि संवेदनशीलतालाई ख्याल गर्दै एक वर्षछि बन्द गरियो । 'संरक्षणमा ख्याल गर्न थालेपछि पानीको सतह वर्षोनी बढ्दो छ, गलैचे झ्याउ र पानीगोहोरो पनि बढेको छ । अहिले पोखरी आसपासमा पानी जमेर थप दर्ुइ वटा पोखरी बनेका छन्,' वन समूहका सल्लाहकार कमल मुखिया भन्छन् ।

Monday, October 20, 2008

झुल्के घाम हर्ेर्ने बेला




रोशन साँवा
सूर्योदयको जिल्ला इलाममा कात्तिक र मंसिर महिनाको रौनक नै बेग्लै हुन्छ । राम्रो सूर्योदय हर्ेनका लागि अन्तु, सन्दकपुर र सिद्धिथुम्का डाँडामा आन्तरिक तथा वाहृय पर्यटकहरुको चहलपहल हुन्छ । स्थानीयबासी चाहिं पर्यटकहरुलाई स्वागत गर्दै गन्तव्यमा पुर्‍याउन र आवश्यक जानकारी दिन व्यस्त हुन्छन् ।
कात्तिक महिनाको सुरुवातसँगै अन्तु, सन्दकपुर र सिद्धिथुम्का डाँडामा सूर्योदय र सर्ूयास्त हर्ेर्ने पर्यटकहरुको आउने क्रम सुरु भएको छ । यी तीन वटा डाँडाबाट अद्वितीय सूर्योदय हर्ेन सकिने भएकै कारण इलामलाई 'सूर्योदयको जिल्ला' उपनाम दिइने गरेको हो र तीन वटै डाँडाबाट सूर्योदय र सर्ूयास्त हर्ेर्ने उपयुक्त समय कात्तिक र मंसिर महिना नै हो ।
अन्तुडाँडा भारतीय सीमा नजिकै समालबुङ गाविसमा पर्ने हुनाले त्यहाँ नेपालबाहिर भारतबाट पनि मानिसहरु सूर्योदय हर्ेनका लागि आउने गर्दछन् । भारतीय सीमामै पर्ने सन्दकपुर डाँडामा चाहिं नेपाल र भारतको अलावा तेश्रो मुलुकबाट समेत पर्यटकहरु सूर्योदय हर्ेन आउने गर्दछन् ।
माइमझुवामा पर्ने सन्दकपुर -३,६३६ मि.) इलामकै सबभन्दा अग्लो डाँडा हो । सिद्धिथुम्का -१६९३ मि) चाहिं जिल्लाको झण्डै मध्यभागमा पर्दछ र यहाँ प्रायशः जिल्लाभित्र र झापाबाट मानिसहरु आउने गर्दछन् ।
अन्तुडाँडाबाट सूर्योदयमात्र राम्रो देख्न सकिन्छ । तर, सन्दकपुर र सिद्धिथुम्काबाट उस्तै तरिकाले सूर्योदय र सर्ूयास्त हर्ेन सकिन्छ ।
तीन वटै डाँडामा सूर्योदय हुनुअघि भुनुनु.... आवाज निकाल्दै किराहरु घुम्छन् । किराहरुको घुमाइ सूर्योदय हुन लागेको संकेत हो । किराहरु हराउनेवित्तिकै पूर्वोत्तर हिमालय श्रृंखला सुनौलो रंगमा टल्कन थाल्दछ र केहीबेरमै पर्ूव क्षितिजमा र्सर्ूय उदाउँदै गरेको देख्न सकिन्छ । 'मानिसले कल्पनाअनुसार उदाउँदो र्सर्ूयको आकृति देख्न सकिन्छ,' अन्तुडाँडा पर्यटन बिकास समितिका अध्यक्ष धनकुमार आले भन्छन् । सूर्योदयसँगै हिमालको रङ्ग बदलिएको हर्ेन पनि रमाइलो हुन्छ । सन्दकपुर र सिद्धिथुम्का डाँडाबाट चाहिं सर्ूयास्त हर्ेन सकिन्छ ।
अन्तुडाँडामा पर्यटन बिकास समितिले सूर्योदय हर्ेर्ने अस्थायी टावर निर्माण गरेको छ, त्यहाँ जिल्ला बिकास समितिले निर्माण गरिदिएको भ्यू टावर पनि छ । सिद्धिथुम्कामा पनि भ्यू टावर निर्माण गर्न स्थानीयबासी जुटेका छन् । अन्तुडाँडा पर्यटन बिकास समितिले त २०६० सालदेखि बर्षोनी मंसिर महिनामा 'झुल्के घाम हर्ेन जाउँ अन्तुडाँडा' भन्ने नाराका साथ महोत्सवको आयोजना गरिरहेको छ । सिद्धिथुम्कामा पनि स्थानीयबासीले यसपटक मंसिरको पहिलो साता महोत्सवको आयोजना गरेका छन् । सन्दकपुरमा व्यवस्थित होटल तथा लज हुनाले खान र बस्नको कुनै समस्या व्यहोर्नु पर्दैन । अन्तु र सिद्धिथुम्कामा व्यवस्थित होटल र लज नभएपनि स्थानीयबासीले खाने र बस्ने प्रवन्धमा सहयोग गर्छन् । तपाई पनि झुल्के घाम हर्ेन आजै हिड्ने कि....

धार्मिक पर्यटकीय स्थल बन्दैछ माङसेबुङ



रोशन साँवा
किरात धर्मावलम्वीहरुको बसोबास रहेको इलामको बाँझोस्थित माङसेबुङ धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास हुँदैछ । माङसेबुङ बाँझो गाविसको वडा नम्बर आठ र नौमा फैलिएको छ । त्यस क्षेत्रभित्र लासिङबुङ, लारुम्बा, सेनेला, भालुटार, मिक्तोक्लाजस्ता गाउँहरु पर्छन् ।
किरात धर्म र संस्कृतिका सुधारक एवं प्रचारक फाल्गुनन्द लिङदेनका अवतार मानिएका आत्मानन्द लिङदेन २०३४ सालदेखि त्यस क्षेत्रमा बस्न थालेपछि यसको चर्चा परिचर्चा बढ्दै गएको हो । त्यसपछि नै पर्ूवाञ्चलका विभिन्न दश जिल्लाका धर्मावलम्बीहरु यही क्षेत्रमा आएर स्थायी बसोबास गर्ने क्रम सुरु भएको हो र दर्ुइ दशक यता चाहिं यस क्षेत्रमा आउने क्रम बढेको स्थानीयबासी बताउँछन् ।
किरात चोलुङ माङगेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङका अनुसार अहिले माङसेबुङ क्षेत्रमा करिव नौ हजार किरात धर्मावलम्बीहरु बसोबास गर्छन् । उनीहरुमध्ये ९० प्रतिशत लिम्बू र अन्य चाहिं र्राई, गुरुङ, मगर समुदायका छन् ।
माङसेबुङ आत्मानन्द लिङदेनलाई धर्मगुरु मान्ने धर्मावलम्बीहरुको प्रमुख आकर्षाको केन्द्र हो । यसका अलावा किरात धर्मसंस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताहरुका लागि पनि अध्ययन र अनुसन्धान थलो बन्दैछ । 'यहाँको रहनसहन र किरात धर्मप्रतिको आस्थाका बारेमा अध्ययन गर्न विभिन्न क्षेत्रबाट मानिसहरु आउने गर्दछन्,' स्थानीय नन्दकुमार नेम्बाङले बताए ।
किरात अर्थात जनजाति भन्नासाथ मद्यपान र मांसाहार गर्ने समुदाय भनेर चिनिन्छ । तर, माङसेबुङमा कसैले पनि धूमपान, मद्यपान र मांसाहार गर्दैनन् । किरात धर्म र संस्कृतिका सुधारक फाल्गुनन्द लिङदेनको विचारलाई आत्मसात गर्दै गाउँमा कसैले पनि धूमपान, मद्यपान र मांसाहार नगरेको स्थानीय सेसेहाङ फियाकले बताए ।
त्यही क्षेत्रमा रहेको सरस्वती प्रस्तावित माद्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिहाङ साम्बाले माङसेबुङमा कसैले पनि जाँडरक्सी नखाने भएकाले आपसमा कहिल्यै झगडा नभएको बताए । उनले जाँडरक्सी, चुरोट, खैनी र मासु नखानाले स्थानीयबासीले कम खर्चमा घरव्यवहार चलाउने गरेको पनि बताए । त्यस क्षेत्रका धर्मावलम्वीहरुको जन्म, विवाह, मृत्युजस्ता संस्कार अन्यत्र बसोबास गर्ने किरातहरुको भन्दा फरक छ ।
मांसाहार नहुनाले माङसेबुङमा कसैले पनि सुँगुर, कुखुरा पाल्दैनन् । त्यसो त त्यस क्षेत्रमा जुवातास, डाइस, क्यारेमबोर्ड, लुँडो र चेस पनि खेल्दैनन् ।
फाल्गुनन्द लिङदेनको जन्मजयन्ती कात्तिक २५ गते, धर्मगुरु आत्मनन्द लिङ्देनको जन्मोत्सव मंसिर १८ गते र धर्मगुरुकी श्रीमती पवित्रहाङमा लिङदेनको जन्मोत्सव माघ ३ गते र चासोक तङनाम -न्वागी पर्व)का बेलामा माङसेबुङ क्षेत्रमा किरात धर्मावलम्वीहरुको भीड लाग्छ । त्यसबेला नेपालका विभिन्न ठाउँबाट तथा भारत, भुटानलगायतका देशबाट पनि भक्तजनहरु आउने गर्दछन् । यस्ता उत्सव तथा पर्वका बेला अधिकांशले सेतो रङ्गको परम्परागत पोशाक लगाएका हुन्छन् । यस्तो परम्परागत पोशाकलाई तागा -पुरुषले लगाउने) र मेख्ली -महिलाको) भनिन्छ ।
माङसेबुङमा किरातहरुको 'मुन्धुम' पढाइ हुने पाठशाला रहेको छ । यस्तो पाठशाला नेपालमा अन्यत्र छैन ।
धर्मावलम्वीहरुले जनश्रमदान गरेर माङसेबुङ क्षेत्रमा डाँडा वरिपरि पाँच किलोमिटर लामो रिङ रोड -चक्रपथ) पनि खनेका छन् । चक्रपथ भन्दा माथिल्लो क्षेत्रमा माङहिम -किरात मन्दिर) र धर्मगुरुको आश्रममात्र रहेको छ । मानिसहरुको बसोबास चाहिं चक्रपथभन्दा मुनि रहेको छ ।
माङसेबुङ इलाम सदरमुकामदेखि १५ कोष दक्षिणमा पर्छ । तर, झापाको दमकबाट २१ किलोमिटर लामो कच्ची सडक पार गरेपछि यस ठाउँमा पुगिन्छ ।

Sunday, October 19, 2008

चिया पर्यटन





रोशन साँवा

इलाम र चिया पर्यायवाची झैं बनेका छन् । जोकसैले पनि इलाम भन्नासाथ चिया र चिया भन्नासाथ इलामलाई संझन्छ । 'चियाले जसरी इलाम चिनाएको छ, त्यसरी नै इलामले चिया चिनाएको छ,' महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पर्ूव प्रमुख युद्धप्रसाद वैद्य भन्छन् ।
नेपालमा इलामबाटै एक सय ४५ वर्षघि चिया खेती सुरु भएको हो । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले चीनबाट पाएको उपहार 'चिया' वि.सं. १९२० सालमा इलाम सदरमुकाममा रोपेका थिए । कलमी गरिएको बुटाहरुको आकर्ष बगान, यसको आवश्यकता तथा यसबाट हुने आम्दानीका कारण चिया खेती फैलिएर झापा, पाँचथर, धनकुटा, तेह्रथुम हुँदै अहिले नेपालको १८ वटा जिल्लामा पुगेको छ ।
इलाममा चाहिं अहिले झण्डै पाँच हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ । चिया खेतीबाट नगद आर्जन पनि हुने भएकोले इलामका नाङ्गो डाँडापाखाहरु चियाको बुटाहरुले ढाकिने क्रम बढ्दो छ जसले प्राकृतिक सौर्न्दर्यता बढाइरहेको छ ।
इलाम आउने आन्तरिक तथा वाहृय पर्यटकहरुको मूल ध्येय पहाडको चिसो हावा, चिया बगानको हरियाली र चियापत्ती टिपिरहेका महिलाहरुको दिनचर्याको अवलोकन गर्नु र रम्दै फोटो खिच्नु हो । नागबेली परेको मेची राजमार्ग आसपासको कन्याम बगान र सदरमुकाम छेवैको इलाम बगान चियाका लागि मुख्य आकर्ष ठाउँ हुन् । हुस्सुसँग लुकामारी खेलिरहने कन्यामको वातावरणले त जोकोहीलाई पनि रोमाञ्चक बनाउँछ । 'नेपालभित्र पनि यति राम्रो ठाउँ छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ,' पहिलोपटक कन्याम टेकेपछि झुम्का, सुनसरीका धीरेन्द्र चौधरीले दङ्ग पर्दै भने ।
चियालाई केन्द्रित गरेर रचिएका 'इलामे शहर, चियाबारी राम्रो', 'चियाबारीमा हो', 'उडीउडी डुल्छ मन चियाबारीमा', 'दर्ुइ पाते सुइरो कोपिलामाझ' जस्ता गीतहरुसमेत चर्चित बनेका छन् ।
मेची राजमार्गमा झापा छोडेर उकालिने बित्तिकै सुरु हुने कन्यामको हावापानी बाह्रैमास चिसो हुने भएकोले तराइबासीका लागि गर्मी छल्ने ठाउँ पनि भएको छ । हिउँद याममा त कन्याममा घुम्न आउने र बनभोज खानेहरुको भीड नै लाग्छ । चिया बगान चलचित्र तथा गीतहरु सुटिङ गर्ने थलो पनि बनेको छ ।
सदरमुकामस्थित बगानको कारखाना नेपालकै सवभन्दा पुरानो हो । वि.सं. १९३५ सालमा स्थापना भएको चिया कारखाना नेपालकै पुरानो भनिएको विराटनगरको जुद्ध म्याच फ्याक्ट्रीभन्दा पनि चार दशक पुरानो हो । पुरानो चिया कारखाना २०५७ सालदेखि बन्द भएपछि रित्तो भवनमात्र छ । जिल्लामा अहिले १३ वटा कारखाना सञ्चालित छन् । ती सबैले अर्थोडक्स चिया तयार गर्छन् । अर्थोडक्स चिया चाहिं मुलुकबाहिर खपत हुन्छ,

हत्केलामा हिमाल





रोशन साँबा

देखिन त र्सर्ूय जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता न्छन् जहाँको र्सर्ूय देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ । इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको र्सर्ूय आकाशमा होइन, हर्ेर्नेको आँखामा उदाउँछ । 'बादलुको घुम्टो'ले बेलाबेला ढाकिरहने इलाम बजारबाट ३६ किलोमटिरमाथि चढेपछि पुगिन्छ इलामको सबभन्दा अग्लो डाँडो, सन्दकपुर ।
अन्तु, सिद्धिथुम्का र सन्दकपुर, यी तीन डाँडाले इलामलाई 'सूर्योदयको जिल्ला'का रुपमा चिनाएका छन् । नेपालको पर्ूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बंगाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ । छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजंघा, कुम्भकर्ण्र्ाा मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ । आइपुग्ने बाटोको कुरा अझै बेल्लै छ ।
दार्जिलिङको टाइगर हिलमा सूर्योदय हेरेर नअघाउनेहरु धीत मार्न सन्दकपुर आइपुग्छन् । दार्जिलिङ शहरमा बेच्न राखिने सूर्योदका धेरैजसो तस्बीरहरु टाइगर हिलका नभएर सन्दकपुरका हुन्छन् । भारतले सन्दकपुरसम्म आउने सडक यसअघि नै बनाइसकेको छ । तर, नेपालको बाटो जानेहरुले सन्दकपुर पुग्न सात घण्टा उकालो चढ्नर्ुपर्छ । 'राम्रो सडक र अरु सुविधा नभएकोल हामीले यसको फाइदा लिन सकेका छैनौं,' स्थानीय होटल व्यवसायी निमदोजी शर्ेपाले भने ।
पवित्र नदीको रुपमा मानिने माई -झापामा जसलाई कन्काई भनिन्छ)को उद्गमस्थल पनि सन्दकपुरमा नै पर्ने भएकोले यसको धार्मिक महत्व पनि रहेको छ । माईको उद्गमस्थल र नजिकै बनेको मन्दिरमा पूजाअर्चना गर्न भक्तजनहरु आउने गर्छन् ।
माघ, फागुनमा हिउँ र चैत बैशाखमा गुराँस, सन्दकपुरसँग घुमन्तेहरुका लागि सिजन अनुसारको उपहार छ । यो बाहेक सन्दकपुरभन्दा २१ किलोमिटर वरै आइपुग्छ अर्को गन्तव्यस्थल, माइपोखरी । जैविक विविधताले भरिएको माइपोखरी धार्मिक र प्राकृतिक हिसाले निकै मनोरम स्थल मानिन्छ । एक दिन माइपोखरीमा सुस्ताएर उकालो चढ्न सकिन्छ ।
सुलुबुङ र माइपोखरी गाविसको बीचमा पर्ने यस पोखरी नौ कुनामा फैलिएको छ र प्रत्येक कुनामा देवीस्थान भएको विश्वासमा श्रद्धालु भक्तजनले सबै कुनामा पूजा गरिन्छ ।