Wednesday, September 30, 2009

इलाममा बिमानस्थल निर्माणको तयारी

इलाम नगरपालिका ५ सुकिलुम्बामा विमानस्थल निर्माणको लागि जग्गा अध्रि्रहण प्रक्रिया अघि बढेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीले र्सर्वेक्षण गरेर विमानस्थल निर्माणका लागि तीन सय २५ रोपनी जग्गा अध्रि्रहण गर्नुपर्ने जनाएपछि जिल्ला बिकास समितिले जग्गा अध्रि्रहणको प्रक्रिया अघि बढाएको हो । जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अग्नी अधिकारीले पहिलो चरणमा दुइ सय ८३ रोपनी जग्गाको अध्रि्रहण प्रक्रिया सुरु भएको बताउनुभएको छ । उहाँले प्रतिरोपनी ४० हजार रुपैयाँ मुआव्जा दिने संझौता भएको पनि जानकारी दिनुभएको छ ।
जिल्लाबासीले १२ वर्षघिदेखि सुकिलुम्बामा विमानस्थल निर्माणको माग गर्दै आएपनि नागरिक उड्डयन मन्त्रालयले मुआव्जाको लागत स्थानीयस्तरमै व्यहोर्नुपर्ने र्सत राखेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, गत आर्थिक वर्षेखि जिल्ला बिकास समितिले आर्थिक संकलन गर्न थालेपछि विमानस्थल निर्माणको सम्भावना बढेको थियो ।
मुआव्जाका लागि मात्र झण्डै डेढ करोड रुपैयाँ आवश्यक रहने जिविसले जनाएको छ । जिल्लाका आठ जना सभासदबाट दुइ लाखका दरले र जिल्लाभित्रका गाविसहरुले एक लाखका दरले र अन्य संस्था र व्यक्तिबाट गरी अहिलेसम्म झण्डै ८० लाख रुपैयाँ संकलन भइसकेको जिविसले जनाएको छ ।
नागरिक उड्डयन मन्त्रालयको र्सर्वेक्षण टोलीले सुकिलुम्बामा नौ सय मिटर लम्बाई र एक सय ६० मिटरको चौर्डाईको विमानस्थल बन्ने र एभ्रो तथा ट्ीनवटर विमानले उडान भर्नसक्ने ठहर गरेको छ । सुकिलुम्बाबाट भद्रपुरबाटभन्दा सात मिनेट छिटो काठमाडौं पुगिने टोलीको दाबी छ ।

Wednesday, July 8, 2009

चियाको गलैंचामा कुहिरोसँग लुकामारी



विराटनगरका वीरेन्द्र न्यौपाने २०५४ सालमा पहिलोपटक कन्याम पुग्दा यति मोहित भए कि आफै त्यसको अद्वितीय प्राकृतिक सुन्दरताको वर्ण्र्ाागर्न सक्दैनन् । 'हरेकले एक चोटी यहाँको सौर्न्दर्यताको स्वाद लिनै पर्ने रहेछ भन्ने लाग्यो । त्यसैले त्यसबेला तत्काल घर फर्की कहिल्यै कन्याम नटेकेका साथीभाइ बटुलेर बनभोजमा आएँ,' न्यौपाने भन्छन् ।
कन्यामको आकर्षाबाट मोहित न्यौपानेलाई त्यसपछि इलामको कुनै न कुनै क्षेत्रमा हिस्सेदार बन्न मन लाग्यो । अनि उनले लगत्तै कन्यामबाट झण्डै १५ किलोमिटर टाढा पशुपतिनगरमा पाखा बारी किनेर चिया बगान बनाए । निर्माणाधीन माइखोला साना जलविद्युत आयोजनाका प्रमुख न्यौपाने भन्छन्, 'यो आयोजना मेरै पहलमा सुरु भएको हो । इलाममा बिकास निर्माणसँगै पर्यटन पर््रवर्द्धनमा कुनै न कुनै तरिकाले सहयोग गर्ने रहर छ । मैले त्यसबेला कन्याम नटेकेको भए यस्तो रहर ममा पलाउने थिएन ।'
हुन पनि कन्याम कम्ता आकर्ष छैन । नागबेली परेको मेची राजमार्ग, त्यसको आसपासमा गलैचा विछ्याएजस्ता चियाका बुटाहरु, बीचबीचमा फाट्टफुट्ट र डाँडामा लहरै धुपीका बोटहरु, गाडीमा आवतजावत गर्नेले पनि पाँच किलोमिटरसम्म कम्तिमा यी दृश्यहरु हर्ेन पाउँछन् । गत वर्षफागुनमा गाडीमा ओहोरदोहोर गर्दा कन्याम देखेका झुम्का, सुनसरीका धीरेन्द्र चौधरी भन्छन्, 'हाम्रै देशभित्र यस्तो राम्रो ठाउँ होला भन्ने कल्पनासमेत गरेको थिइनँ ।'
गाडीबाट ओर्लेर घुमेपछि थाहा हुन्छ कन्यामको वास्तविक पहिचान र महत्व । झापालीलाई एकै ठाउँबाट हिमाल, पहाड र तर्राई रहर भए नजिकैको कन्याम गए हुन्छ । झापाको सुनमाईबाट पहाड उकालिदै झण्डै १५ किलोमिटर गाडीमा पार गरेपछि पुगिने कन्यामबाट कञ्चनजंघा, कुम्भकर्ण्र्ााहमाल देखिन्छ । त्यहीबाट तर्राईका समथर फाँट पनि हर्ेन सकिन्छ ।
कन्यामबाट इलामकै सबभन्दा अग्लो सन्दकपुर डाँडा, सूर्योदयको लागि चर्चित अन्तुडाँडा पनि देखिन्छ । यसैगरी भारतको दार्जिलिङस्थित घुमपहाड र टाइगरहिल पनि नियाल्न सकिन्छ । दृश्यावलोकनका लागि उपयुक्त डाँडा देउराली हो, यो डाँडा सामुन्द्रिक सतहदेखि झण्डै १,८०० मिटरको उचाईमा छ । देउरालीबाट अन्तुडाँडाकै हाराहारीमा सूर्योदय हर्ेन सकिने स्थानीयबासी बताउँछन् ।
कन्याममा कृषिमा आधारित जीवन शैली बुझ्न सकिन्छ । कन्याम डाँडाबाट अलिकति ओरालिने बित्तिकै शुरु हुन्छ, सानाठूला चिया बगान, ठाउँठाउँमा मौसम अनुसारको अदुवा, आलु रोपिएको बारी, कान्लामा अम्रिसोको बुटाहरु र खोल्सामा अलैची अनि प्रत्येक घरमा गाई । खाली ठाउँ कतै नराखी खेती गर्ने यहाँका पौरखी किसानलाई जोकोहीले पनि मुक्तकण्ठले प्रशंसा गर्छ ।
लोपोन्मुख लाप्चा जातिको बस्तीमा छिरेर जीवनशैली बुझै अझै राम्रो हुन्छ । कन्याममा दृश्यावलोकन गर्न उपयुक्त देउराली र मानेडाँडा यिनै लाप्चाहरुको पूजास्थल पनि हो ।
कन्यामको अर्को आकर्षा पक्ष हो, मौसम । यहाँको मौसम छिनछिनमा बदलिरहन्छ । घाम र हुस्सुको दिनभर लुकामारी चल्छ । एकैछिनमा घाम लाग्छ, तत्कालै १५ मिटर टाढा नदेखिने गरी हुस्सुले कन्याम ढाकिन्छ । घमाइलो तर्राई पार गरेर आएका गाडीहरुले कन्याम पुगेपछि प्रायःजसो दिउँसै बत्ती बाल्नर्ुपर्छ ।
इलाम र चियालाई पर्यायवाची बनाउन कन्यामको पनि योगदान छ । कन्यामको प्राकृतिक सुन्दरतालाई उपयोग गर्दै वरपिपल, आमाको काखलगायतका थुपै्र चलचित्र बनेका छन् । धेरै म्युजिक भिडियोहरु पनि कन्याममा छायाङ्कन गरिएका छन् ।
कन्यामको पृष्ठभूमिमा आफूलाई उतार्न लालयित युवायुवती डिजिटल क्यामरामा 'मेमोरी फुल' र एनालग क्यामरामा रिल सकिएको पत्तै पाउँदैनन् । कतिपय त ढाकी बोकी लहरै उभिएर चियाका मुनाहरु टिपिरहेका श्रमिकहरुका बीचमा छिरेर उनीहरुकै शैलीमा ढाकी बोकेर पत्ति टिपेजस्तै गरी फोटो पनि खिचाउँछन् ।
कन्याममा २०२८ सालमा चिया रोपिएको हो । राजमार्ग आसपासको बगानले मात्र पाँच सय ३४ हेक्टर क्षेत्रफल ओगटेको छ । नेपाल चिया बिकास निगमअर्न्तर्गतको यो बगान अर्थोडक्स -पहाडे) चिया उत्पादन गर्ने नेपालकै सबभन्दा ठूलो हो । राजमार्ग छाडेर झण्ड आधाकिलोमिटर ओरालिएपछि चिया कारखानामा पुगिन्छ । यो कारखानामा छिरेर हामीले पिउने गरेको चिया कसरी प्रशोधन हुदोरहेछ, हर्ेन सकिन्छ । दानादार सीटीसी चिया उत्पादन गर्ने तर्राईका कारखानाभन्दा फरक हुन्छ अर्थोडक्स चिया तयार गर्ने कारखाना ।

प्राकृतिक सम्पदा संरक्षणमा जोड


जिल्लाको पर्यटन पर््रवर्द्धनको लागि प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नागरिक प्रतिष्ठानले बुधबार आयोजना गरेको जिल्लाको पर्यटन सम्पदा पर््रवर्द्धन सम्वन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले प्राकृतिक सम्पदाको संरक्षण गर्दै प्रचारप्रसार गरेर धेरै पर्यटकहरु भित्र्याउन सकिने बताएका छन् । गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष दिलनाथ फुएलले पर्यटकीय महत्व बोकेको क्षेत्रमा भइरहेको अव्यवस्थित भौतिक निर्माण कार्यलाई स्थगित गर्नुपर्ने बताएका छन् । उनले पर्यटन प्रवद्धनका लागि लाप्चा, लिम्बू, र्राईलगायतका जातजातिको परम्परागत संस्कृतिलाई पनि जगर्ेना गर्नुपर्ने र पर्यटनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नामसालिङ सामुदायिक बिकास केन्द्र मधुसुदन श्रेष्ठले सरोकारवालाहरुले आपसी समन्वय गरेर जिल्लाको प्राकृतिक सुन्दरतालाई सिगार्न जरुरी रहेको बताएका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पसका पर्ूव प्रमुख युद्धप्रसाद वैद्यले जिल्लाका प्राकृतिक स्रोतहरु मासिदै गएको चिन्ता व्यक्त गरेका छन् । उनले प्राकृतिक स्रोतहरुको संरक्षण गर्न राजनैतिक दलहरुको प्रतिवद्धता जरुरी रहेको बताए ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै इलाम सरोकार मञ्चका सीताराम घिमिरेले इलाममा कृषि, ग्रामीण, धार्मिक तथा सास्कृतिक, पर्यापर्यटन र शैक्षिक पर्यटनको प्रशस्तै सम्भावना रहेको बताएका छन् । 'त्यसका लागि सरोकारवालाहरुले साझा अवधारणा निर्माण गरेर काम गर्नुपर्छ,' उनले भने ।
सहभागीहरुले चर्चित पर्ूवाधारको अभावका कारण पर्यटकीयस्थल सन्दकपुरबाट नेपालले फाइदा लिन नसकेको बताए । यसैगरी पर्यटन बिकासका लागि निजी क्षेत्र, सरकारी तथा स्थानीय निकायको संलग्नता कम भएको औंल्याइएको थियो । सहभागीहरुले सूचनाको अभिलेखीकरण तथा प्रचारप्रसार, होटल तथा यातायात व्यवसायलाई व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा धर्म गौतम, खिवराज दहाल, प्रकाश पोखरेल, रोशन साँवा, सोमनाथ सुसेली, ग्रीष्म सुव्वा लगायतले बोलेका थिए ।