Wednesday, July 8, 2009

प्राकृतिक सम्पदा संरक्षणमा जोड


जिल्लाको पर्यटन पर््रवर्द्धनको लागि प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नागरिक प्रतिष्ठानले बुधबार आयोजना गरेको जिल्लाको पर्यटन सम्पदा पर््रवर्द्धन सम्वन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले प्राकृतिक सम्पदाको संरक्षण गर्दै प्रचारप्रसार गरेर धेरै पर्यटकहरु भित्र्याउन सकिने बताएका छन् । गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष दिलनाथ फुएलले पर्यटकीय महत्व बोकेको क्षेत्रमा भइरहेको अव्यवस्थित भौतिक निर्माण कार्यलाई स्थगित गर्नुपर्ने बताएका छन् । उनले पर्यटन प्रवद्धनका लागि लाप्चा, लिम्बू, र्राईलगायतका जातजातिको परम्परागत संस्कृतिलाई पनि जगर्ेना गर्नुपर्ने र पर्यटनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नामसालिङ सामुदायिक बिकास केन्द्र मधुसुदन श्रेष्ठले सरोकारवालाहरुले आपसी समन्वय गरेर जिल्लाको प्राकृतिक सुन्दरतालाई सिगार्न जरुरी रहेको बताएका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पसका पर्ूव प्रमुख युद्धप्रसाद वैद्यले जिल्लाका प्राकृतिक स्रोतहरु मासिदै गएको चिन्ता व्यक्त गरेका छन् । उनले प्राकृतिक स्रोतहरुको संरक्षण गर्न राजनैतिक दलहरुको प्रतिवद्धता जरुरी रहेको बताए ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै इलाम सरोकार मञ्चका सीताराम घिमिरेले इलाममा कृषि, ग्रामीण, धार्मिक तथा सास्कृतिक, पर्यापर्यटन र शैक्षिक पर्यटनको प्रशस्तै सम्भावना रहेको बताएका छन् । 'त्यसका लागि सरोकारवालाहरुले साझा अवधारणा निर्माण गरेर काम गर्नुपर्छ,' उनले भने ।
सहभागीहरुले चर्चित पर्ूवाधारको अभावका कारण पर्यटकीयस्थल सन्दकपुरबाट नेपालले फाइदा लिन नसकेको बताए । यसैगरी पर्यटन बिकासका लागि निजी क्षेत्र, सरकारी तथा स्थानीय निकायको संलग्नता कम भएको औंल्याइएको थियो । सहभागीहरुले सूचनाको अभिलेखीकरण तथा प्रचारप्रसार, होटल तथा यातायात व्यवसायलाई व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा धर्म गौतम, खिवराज दहाल, प्रकाश पोखरेल, रोशन साँवा, सोमनाथ सुसेली, ग्रीष्म सुव्वा लगायतले बोलेका थिए ।

No comments: