Monday, November 10, 2008

सिद्धिथुम्का पर्यटन उत्सव शुरु



सूर्योदय र सर्ूयास्त दृश्यावलोकनका लागि चर्चित इलामको सिद्धिथुम्का डाँडालाई केन्द्रित गरेर आयोजना गरेको पहिलो सिद्धिथुम्का पर्यटन उत्सव शुक्रबार शुरु भएको छ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले पानसमा बत्ती बालेर उत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव थापा, नेकपा -एमाले)का कार्यालय सचिव गणेश बराल, नेकपा -माओवादी)का जिल्ला सदस्य नरेन्द्र जबेगू, प्रमुख जिल्ला अधिकारी सर्ुदर्शनप्रसाद ढकाल, स्थानीय बिकास अधिकारी मेघनाथ काफ्ले, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष सटेन्द्र जबेगूले बोल्दै ग्रामीण पर्यटन प्रवद्धन गर्न स्थानीयबासीले गरेको प्रयासको प्रशंसा गरेका थिए ।
उद्घाटन कार्यक्रमको अवसरमा र्राई, लिम्बू, तामाङ, मगर, शर्ेपा र तामाङ जातिको परम्परागत साँस्कृतिक झाँकी पर््रदर्शन गरिएको थियो । खान्द्रुङ माविका विद्यार्थीहरुले पञ्चेबाजाको धूनमा मार्चपास गरेका थिए । सभाध्यक्ष नेम्बाङले स्थानीय वृद्ध जसबहादुर र्राई र वृद्धा जानुका कट्टेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
आयोजकले पर्यटकको स्वागत सत्कार, नेपाली संस्कृतिको आधार भन्ने मूल नाराका साथ आयोजना भएको उत्सवमा ५० हजार आन्तरिक र वाहृय पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । ग्रामीण पर्यटनको अवधारणाअनुसार उत्सव आयोजना गरिएकोले आगन्तुकलाई सिद्धिथुम्का, सोयाक र जितपुर गाविसमा घरघरमा राख्ने प्रवन्ध मिलाइएको छ ।
आयोजक समितिका अध्यक्ष रामबहादुर र्राईले पर्यटकहरुलाई सिद्धिथुम्काबाट सुर्योदय, सर्ूयास्तसँगै कञ्चनजंघा, सगरमाथा हिमाल, पहाड र तर्राईका फाँटहरु दृश्यावलोकनको स्वाद चखाउने बताएका छन् । उनले जातीय साँस्कृतिक विविधता, कृषिमा आधारित जीवनशैलीसमेत प्रस्तुत गरेर उत्सवमार्फ सिद्धिथुम्कालाई नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा चिनाउने लक्ष्य राखेको बताए ।

No comments: