Friday, November 21, 2008

पर्यटनसम्वन्धी गुरुयोजना



इलामको समग्र पर्यटन बिकासका लागि गुरुयोजना बन्ने भएको छ । इलाम उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको पर्यटकीय सम्भावनाको अध्ययन गर्दै गुरुयोजना बनाइन लागेको हो ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष हिमालय कर्माचार्यले अल्पकालीन र दर्ीघकालीयन योजनाहरु समेटेर गुरुयोजना बनाइने जानकारी दिए । उनले त्यसका लागि सरोकारवाला संस्था र व्यक्तिसँग छलफल प्रक्रिया शुरु गरेको बताए । 'हामीले विज्ञहरुसँग सरसल्लाह गरेर राम्रो गुरुयोजना बनाउने सोच बनाएका हौं,' उनले भने ।
इलाम उद्योग वाणिज्य संघको पहललाई जिल्लावासीले प्रशंसा गर्दै गुरुयोजनाको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् । 'यसअघि पनि पर्यटनसम्वन्धी पटकपटक गुरुयोजना बनेका छन् तर ती योजनामै सीमित भए । अब बन्ने गुरुयोजना त्यस्तो नहोस्,' नागरिक समाजका धर्म गौतमले भने ।
जिल्लाबासीले इलाममा पर्यापर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन र चिया पर्यटनको सम्भावना औंल्याएका छन् । 'इलाममा मौसम राम्रो हुँदा त हर्ेर्ने, घुम्ने ठाउँ प्रशस्त छन् । मौसम नराम्रो हुँदा पनि पर्यटकहरु रोमाञ्चित हुने वातावरण छ,' पर्यटनसम्वन्धी चासो राख्ने विष्णु काफ्लेले भने । उनले आन्तरिक तथा वाहय पर्यटकहरुलाई कमसेकम एक रात बसाउन सकिनेगरी गुरुयोजना बन्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी सर्ुदर्शन ढकालले दार्जिलिङमा आउने पर्यटकलाई पशुपतिनगर नाका हुँदै इलाम भित्र्याउनुपर्नेमा जोड दिएका छन् । 'दार्जिलिङ आएका पर्यटकहरु पश्चिम बंगाल नै भएर र्फकन चाहदैनन् । त्यसैले नेपाल भित्र्याउन अध्यागमन कार्यालय स्थापना गरिनर्ुपर्छ । त्यसका लागि सबैले पहल गर्नुपर्छ,' उनले भने ।
र् पर्यटनसम्वन्धी गुरुयोजना निर्माणको पहल जसले गरेपनि कार्यान्वयनका लागि सवै संस्था, कार्यालय र व्यक्तिले सहकार्य गर्नुपर्नेमा स्थानीयबासीले जोड दिएका छन् ।

No comments: