Friday, November 28, 2008

इलाममै छ पाथिभरा



तपाईको पाथिभराको भाकल छ - ताप्लेजुङको पाथिभरा पुग्न समय र पैसाको अभाव छ - चिन्ता नलिनोस् । इलाममै पाथिभरा छ जहाँ भाकल पूरा गर्न सक्नुहुन्छ । कोलबुङको कुटीडाँडामा रहेको बहिनी पाथिभरा मेची राजमार्गको छेवैमा हुनाले त्यहाँ जान पनि कुनै समस्या पर्दैन ।
स्थानीय झाँक्रीले २०३४ सालमा बहिनी पाथिभरा फेला पारेपछि भाकल पूरा गर्न धेरैलाई राहत मिलेको छ । यो सामुन्द्रिक सतहदेखि १,९७५ मिटरको उचाइमा रहेको छ ।
बहिनी पाथिभराको डाँडामा मन्दिर संरक्षण समितिले मन्दिरको निर्माण गरेको छ । पूजा अर्चना गर्दै देवीसँग केही मागेमा पूरा हुने विश्वासमा भक्तजनहरु यहाँ आउने गर्दछन् । यो मन्दिरमा आएर पूजा गरेमा सबैखाले संकट हट्ने विश्वास पनि गरिन्छ ।
हरेक शनिवार र मंगलबार मन्दिरमा पूजा अर्चना गर्नेहरुको भीड लाग्ने गर्दछ । बहिनी पाथिभराको दर्शन गर्न नेपालका विभिन्न स्थान र भारतको सिलिगुढी, दार्जिलिङ र सिक्किमबाट भक्तजनहरु आउने गर्दछन् । बहिनी पाथिभरा २०३४ सालमा फेला परेको भएपनि एक दशक अघिदेखिमात्र चर्चामा आएको हो । मन्दिरमा भक्तजनहरु र पर्यटकहरु आउने क्रम पनि पछिल्लो बर्षरुमा बृद्धि भएको हो ।
ताप्लेजुङको पाथिभरामा जान नसक्नेहरु त्यसको सट्टा पूजा गर्न बहिनी पाथिभरामा आउने गरेको बताइन्छ । त्यसो त बहिनी पाथिभराको डाँडाबाट ताप्लेजुङको पाथिभराको डाँडा पनि देख्न सकिन्छ ।
बहिनी पाथिभरा इलाम सदरमुकामदेखि साढे एघार कोष पर्ुवमा र झापाको चारालीबाट ३० किलोमिटर उत्तरमा रहेको छ । झापादेखि नजिकै रहेकोले पनि तर्राई क्षेत्रबाट मानिसहरु पाथिभराको डाँडामा गर्मी छल्न आउने गर्दछन् ।
मेची राजमार्गदेखि डाँडामा रहेको मन्दिरमा पुग्न १,०३४ खुड्किलाको सिढी निर्माण गरिएको छ । अलैंचीबारीको बीचमा निर्माण गरिएको सिढी भएर चढ्दा र ओर्लदा पनि दर्शनार्थी एवं पर्यटकहरुले रमाइलो महशुस गर्छन् ।
पाथिभराको पर्ूर्वी भागमा रहेको रमिते डाँडा दृश्यावलोकनका लागि महत्वपर्ूण्ा छ । रमिते डाँडाबाट तर्राईको समथर फाँटसहित भारतको सिलिगुढीलगायतका बजारहरु आकर्ष देखिन्छ । जैविक विविधताले भरिपर्ूण्ा धार्मिक वन पनि यसको अर्को आकर्षा हो ।

No comments: