Sunday, November 23, 2008

सोमबारदेखि अन्तु महोत्सव



झुल्के घाम हर्ेनका लागि चर्चित अन्तुडाँडामा वढीभन्दा बढी पर्यटक भित्र्याएर ग्रामीण पर्यटन पवर्द्धन गर्न स्थानीयबासीले महोत्सवलाई माध्यम बनाएका छन् । झुल्के घाम हर्ेन जाउँ अन्तुडाँडामा भन्ने नाराका साथ उनीहरुले २०६० सालदेखि हरेक वर्षअन्तु महोत्सव आयोजना गरिरहेका छन् । यसपटक पनि अन्तुडाँडा परिसरमा सोमबारदेखि छ दिनसम्म महोत्सवको आयोजना हुदैछ ।
महोत्सव आयोजनामा अगुवाई गर्ने अन्तुडाँडा ग्रामीण पर्यटन बिकास केन्द्रका अध्यक्ष धनकुमार आलेले हरेक महोत्सवमा हुने पर्यटकहरुको उत्साहजनक वृद्धिले महोत्सवलाई निरन्तरता दिन प्रेरणा मिलेको बताएका छन् ।
सोमबारदेखि हुने महोत्सवको सम्पर्ूण्ा तयारी पूरा भएको आयोजक समितिका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् । सदा झैं यसपटक पनि महोत्सवमा अदुवा, आलु, अलैची, अम्रिसोलगायतका ११ 'अ' को पर््रदर्शनी, अन्तुपोखरीमा डुङ्गा सयर, लोपोन्मुख लाप्चा जातिको संग्रहालय अवलोकनजस्ता कार्यक्रमहरु राखिएका छन् । महोत्सवमार्फ श्रीअन्तु र समालबुङ गाविसको कृषिमा आधारित जीवनशैली पस्कने र विभिन्न जातजातिको परम्परागत झाँकीहरु पर््रदर्शन गरिने आयोजकको भनाई छ ।
अन्तु महोत्सवमा हरेक दिन सामुहिक सूर्योदय दृश्यावलोकनको कार्यक्रम राखिएको छ । महोत्सवमा ५० हजारभन्दा बढी आन्तरिक र वाहृय पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ । पेइङ गेष्टको अवधारणामा प्रत्येक घरमा पर्यटकहरुलाई खाने र वस्ने व्यवस्था मिलाइएको छ । आयोजक समितिका सदस्य खगराज घिमिरेले दैनिक चारहजारलाई घरघरमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
सूर्योदयको सामुहिक दृश्यावलोकन र र्सर्ूय पूजासँगै सोमबार विहान महोत्सव शुरु हुँदैछ तर औपचारिक उद्घाटन चाहिं संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले विहान नौ बजे गर्ने कार्यक्रम छ ।
सामुद्रिक सतहबाट १,८२३ मिटरको उचाइमा रहेको अन्तुडाँडा समालबुङ गाविसमा पर्दछ तर त्यहाँ श्रीअन्तु गाविस भएर जानुपर्ने भएकोले दुबैले संयुक्त रुपमा महोत्सवको आयोजना गर्दै आएका छन् । मेची राजमार्गको फिक्कल खण्डबाट करिव १४ किलोमिटर गाडी चढेर अन्तुडाँडामा पुग्न सकिन्छ ।
अन्तुडाँडा सूर्योदयका लागि चर्चित भएपनि त्यससँग अन्य पनि हर्ेनयोग्य कुराहरु छन् भन्ने बुझाउन स्थानीयबासीले निरन्तर महोत्सवको अयोजना गरेका हुन् । उनीहरुको यो प्रयासलाई र्सवत्र प्रशंसा गरिएको छ ।

No comments: